नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ भने चाँदी स्थिर रहेको छ।
आइतबार प्रतितोला एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन पनि प्रतितोला एक सय रूपैयाँ नै बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
आइतबार प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २९ सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













