वालिङ – जबरजस्ती करणी आरोपमा नेकपा (एकीकृत समाजवादी)का गण्डकी प्रदेश उपाध्यक्ष तथा स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी पक्राउ परेका छन्। कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
फागुन २ गते स्याङ्जा पुतलीबजार नगरपालिका–१४ निवासी ५१ वर्षीय गिरीविरुद्ध जबरजस्ती करणी मुद्दामा कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि प्रहरी टोलीले उनलाई घरमै पुगेर पक्राउ गरेको हो।

प्रहरीका अनुसार गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।













