काठमाडौं । काठमाडौँको थापाथलीमा फेरि मेलम्ची खानेपानीको आपूर्ति सञ्जालको पाइप फुटेको छ । आझ (मंगलबार) बिहान थापाथली चोक नजिकै मेलम्चीको पाइप फुटेको हो । बिहानै पाइप फुटेपछि उक्त क्षेत्रमा बाढी आएको छ । सडक समेत अवरुद्ध भएको छ ।
पाइप फुटेपछि सडकभरि नै पानी बगेको छ भने सडक समेत भत्किएको छ । थापाथलीमा पाइप लाइन फुट्नुको कारण भने खुलिसकेको छैन । थापाथली चोकबाट नर्भीक इन्टरनेशनल आउने सडकमा पाइपको लाइन फुटेको हो ।














