बलेफी गाउँपालिका–५ स्थित श्री फुल्पिङ डाँडा बहुउद्देश्यीय सहकारी संस्थाको २७औं साधारण सभा तथा छैठौं अधिवेशनले नयाँ सञ्चालक समिति चयन गरेको छ। कुनै समय सहकारी आन्दोलन र वित्तीय गतिविधिमा अग्रणी स्थान ओगटेको यो संस्था २०७२ सालको भूकम्पपछि शिथिल बन्दै गएको थियो।
बचतकर्ताहरूको निष्क्रियता, नेतृत्वको बेवास्ता, तथा ऋण तिर्न आलटाल गर्ने प्रवृत्तिका कारण संस्थाप्रति विश्वास गुम्दै गएको थियो। नवनिर्वाचित अध्यक्ष रञ्जित पौडेलले सम्पूर्ण शेयरधनीहरूलाई धन्यवाद ज्ञापन गर्दै रोकिएका सबै कारोबार (ऋण, बचत, दूध बिक्री) पुनः सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, भाका नाघेका ऋणीहरूलाई छिटोभन्दा छिटो सम्पर्क गरी बक्यौता भुक्तानी गर्न अनुरोध गरिएको छ।

नयाँ सञ्चालक समिति:
अध्यक्ष: रञ्जित पौडेल
उपाध्यक्ष: बेद कुमारी नेपाल
सचिव: श्रीहरि नेपाल
कोषाध्यक्ष: कृष्ण प्रसाद नेपाल
सदस्यहरू: रमेश पौडेल,
राजेन्द्र पौडेल, माधव नेपाल,
अनन्त नेपाल, अम्बिका पौडेल (कटुवा),
सानुमाया श्रेष्ठ,
सिर्जना नेपाल
लेखा सुपरिवेक्षण समिति:
संयोजक: रमेश तिमल्सिना
सदस्यहरू: अम्बिका पौडेल (भन्ज्याङ)
, राजकुमार श्रेष्ठ
नयाँ नेतृत्वले संस्थालाई पुनः गतिशील बनाउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।













