काठमाडौं – बाह्रबिसेतर्फ जाँदै गरेको अरनिको यातायातको बा ५ ख ९९४० नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। अर्का एक जना गम्भिर घाइतेलाई थप उपचारको लागि धुलिखेल अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ । दुर्घटना सानटार पम्प नजिकै भएको हो।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार बसको तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। घटनापछि प्रहरी घटनास्थलमा पुगेको छ भने विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको छ।

प्रहरीले दुर्घटनाको थप अनुसन्धान गरिरहेको छ भने मृतकको पहिचान खुलाउने प्रक्रिया अगाडि बढाइएको छ।













