सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (आइतबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ।

अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला चार सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य भने घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २८ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर