आज २०८१ माघ १५ गते मंगलवारको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आजको दिन त्यति उत्साहजनक छैन। काममा केही बाधा आइनपर्ला भन्न सकिन्न। नयाँ योजनामा लगानी नगर्नु होला। मानसिक तनाव कम गर्न ध्यान दिनु राम्रो हुनेछ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
आकस्मिक खर्चको सम्भावना छ। स्वास्थ्यमा ध्यान पुर्‍याउनु आवश्यक छ। मानसिक तनावलाई कम गर्न आत्मसन्तुलनको अभ्यास गर्नुहोस्।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
आज आत्मविश्वासमा वृद्धि हुनेछ। तर काममा धैर्य राख्नुपर्छ। कुनै पनि योजना अघि बढाउन पहिले गहिरो सोच विचार गर्नु राम्रो हुनेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
आजको समय तपाईंको लागि सकारात्मक छ। सामाजिक सम्बन्धहरू सुदृढ हुनेछन्। भोजन र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)
कामको सफलता सहज छैन। सोच विचार गरेर मात्र निर्णय लिनुहोला। यात्रामा सतर्कता अपनाउनु उपयुक्त हुनेछ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
खर्च बढ्ने सम्भावना छ। स्वास्थ्यमा ध्यान पुर्‍याउनुहोस्। दिनको उत्तरार्धमा केही उपलब्धिहरू मिल्न सक्छन्।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
आज नयाँ काम थालनी गर्नको लागि राम्रो समय हो। अधुरा कामहरू पूरा गर्न सकिने छ। परिवारसँग रमाइलो समय बित्नेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
आजको दिन तपाईंको लागि सकारात्मक रहनेछ। साथीभाइ र परिवारको साथले ऊर्जा प्रदान गर्नेछ। नयाँ काममा सफलता मिल्नेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
भाग्यले साथ दिने दिन हो। विगतका अधुरा कामहरू पूरा हुनेछन्। तर, काममा ध्यान दिन आवश्यक छ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
शैक्षिक र व्यावसायिक क्षेत्रमा प्रगति हुने समय छ। वैदेशिक कारोबारमा सफलता मिल्नेछ। दिन सकारात्मक रहनेछ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
यात्राबाट लाभ प्राप्त हुनेछ। व्यापार व्यवसायमा विशेष सफलता मिल्नेछ। पारिवारिक सम्बन्ध सुदृढ हुनेछ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
शुरुवातमा चुनौतीहरूसँग सामना गर्नुपर्नेछ। स्वास्थ्यमा ध्यान पुर्‍याउनुहोस्। तर, दिनको उत्तरार्धमा सबै कुरा सहज हुनेछ।

-आफ्नो राशि अनुसार सकारात्मक पक्षलाई आत्मसात गर्दै चुनौतीहरूलाई सामना गर्न धैर्य र योजना बनाउनु उचित हुनेछ।तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया
सम्बन्धित खवर