बिञ्ज्यालकाे डेरी र स्कुल सम्म पुग्ने सडक पक्की बन्दै, ढलान कार्य तीव्रगतिमा

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-४ बिञ्ज्यालकामा दुई प्रमुख सामाजिक संस्था बिन्जेल दुग्ध उत्पादक सहकारी संस्था र जालपादेवी माध्यमिक विद्यालयसम्म पुग्ने सडक पक्की बनाउने काम तीव्रगतिमा अगाडि बढिरहेको छ। बिन्जेल दुग्ध उत्पादक सहकारी प्राङ्गणबाट खर्कचौर, जालपादेवी विद्यालय हुँदै मुलाबारीसम्मको सडक ढलानको काम अहिले तीव्र गतिमा भइरहेको छ।

गत आर्थिक वर्ष २०८०/०८१ मा सातदोबाटोदेखि खर्कचौरसम्म ५५ लाख रुपैयाँको बजेटमा सडक ढलान सम्पन्न भएको थियो। यस चालू आर्थिक वर्ष २०८१/०८२ मा २५ लाख रुपैयाँको बजेट विनियोजन गरी डेरी-खर्कचौर-जालपादेवी विद्यालयसम्मको सडक ढलान कार्य भइरहेको हो।

यस सडक निर्माणका लागि बजेट व्यवस्थापनमा माननीय संघीय सांसद माधव सापकोटा ‘सुबोध’, बागमती प्रदेश सांसद सरल सहयात्री पौडेल र अमृता नेपाल ‘प्रभा’, गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’, र वडा अध्यक्ष सुर्जे तामाङको उल्लेखनीय भूमिका रहेको छ।

सडक निर्माण सम्पन्न भएपछि स्थानीय विद्यार्थी, किसान, र सर्वसाधारणलाई यातायातमा सहजता हुनेछ। यसले क्षेत्रको आर्थिक, सामाजिक र शैक्षिक विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर