यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ, जसको कारण कोशी, बागमती, र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहने सम्भावना छ। मधेस, कर्णाली, र सुदूरपश्चिम प्रदेशको मौसम मुख्यतः सफा रहने छ।

बिहानको समयमा तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लाग्न सक्ने भएकाले जनजीवन, कृषि, स्वास्थ्य, यातायात, तथा हवाई उडानमा असर पर्न सक्ने सम्भावना छ। यसकारण महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर