आज २०८१ माघ १३ गते आइतवारको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)समय अनुकूल छ। सोचेका कार्यमा सफलता प्राप्त हुनेछ। विशेषतः पूर्व र उत्तर दिशाका काममा सकारात्मक परिणाम देखिनेछ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)आयमा वृद्धि हुनेछ। आकस्मिक धन लाभको सम्भावना छ। नयाँ कार्यहरूमा पनि सफलता प्राप्त हुने देखिन्छ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)पराक्रममा वृद्धि हुनेछ। लामो दूरीको यात्रा टार्न उचित हुनेछ। पारिवारिक सम्बन्धमा सामीप्यता बढ्नेछ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)पढाइ-लेखाइमा सफलता मिल्नेछ। मिठो भोजनको अवसर प्राप्त हुनेछ। लामो यात्रामा सफलता मिल्ने सम्भावना छ। तर, मध्यान्हमा केही झन्झटिलो कार्य आउन सक्छ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे)सोचेका कामहरू सफल हुनेछन्। लामो दूरीको यात्रा सम्भावना छ। मिठो भोजन र नयाँ पहिरन प्राप्त हुने योग रहेको छ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)आजको समय मध्यम छ। स्वास्थ्य समस्याले सताउन सक्छ। सोचेका काममा बाधा आउन सक्छ, सजग भएर अघि बढ्नु उचित हुनेछ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)आजको दिन शुभ छ। योजना अनुसार कार्यहरू सम्पन्न हुनेछ। दाम्पत्य जीवनमा सुमधुर सम्बन्ध रहनेछ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)आकस्मिक धन लाभ हुनेछ। नयाँ कार्यहरूबाट सफलता प्राप्त हुनेछ। मिठो भोजन र नयाँ वस्त्र पहिरनको अवसर मिल्नेछ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)जोश र जागरका साथ काम सम्पन्न हुनेछ। पराक्रममा वृद्धि हुनेछ। तर, लामो दूरीको यात्रामा होसियारी अपनाउनु उचित हुनेछ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)अड्चनहरू आउन सक्छन्। लामो यात्रा टार्न उचित हुनेछ। साथीभाइसँग मतभेद हुन सक्छ, विवेकपूर्वक निर्णय लिनुहोस्।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)समय अनुकूल छ। सन्तानको प्रगति देखेर मन प्रफुल्ल हुनेछ। अधुरा कार्यहरू पूरा हुने सम्भावना छ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)खर्चको मात्रा बढ्नेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सोचेका कामहरू पूरा नहुँदा निराशा बढ्न सक्छ। लामो यात्रा नगर्नु उपयुक्त हुनेछ।

प्रतिक्रिया
सम्बन्धित खवर