आज २०८१ माघ ११ गते शुक्रवारको राशिफल

ज्योतिषः डिलीराम कोईराला  सम्पर्क नं. ९८०३३४७८८०

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ):आजको दिन असाध्यै राम्रो रहेको छ । मिष्ठान्न भोजन प्रात्त हुनेछ, बोलिमा नम्रता तथा आयु बढ्ने छ पूर्व र उत्तर दिशा तिरको यात्राले सफलता दिलाउने छ । नयाँ सोचेका कामहरु बन्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो):स्वास्थ्यमा सुधार आउने छ, पारिवारिक मेल हुने योग देखिएको छ,आकस्मिक धन लाभ हुने योग रहेको छ । जग्गा जमिनको काममा सफलता मिल्नेछ । आटे सोचेका कामहरु बन्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा):चौतर्फी लाभै लाभको योग रहेको छ ।खर्चिलो दिन रहेको छ, प्रेममा भने सफलता मिल्ने छ, पशुचौपायामा हानी हुने छ, मिष्ठान्न भोजन र नयाँ बस्त्र पहिरन पाउने योग रहेको छ । नविनतम कार्यहरुमा सफलता मिल्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो):समय त्यति राम्रो छैन । खर्चिलो दिन रहेको छ,शरिरमा आलस्यता बढ्नेछ, भाई बन्धुमा बेमेल बढ्ने छ, लामो दूरीको यात्रा नगर्दा नै उपयुक्त हुनेछ । पढाइ लेखाइमा पछि परिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे): ज्ञान आर्जन हुनेछ,सत्रुनास हुनेछ, खर्च बढी हुने छ, आटे सोचेको काम कार्यमा सफलता मिल्नेछ । नविनतम कार्यहरुबन्ने योग रहेको छ । विगतको कामबाट समेत लाभ हुनसक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो): गृह कलह हुने छ,धर्मकर्ममा मन जाने छ,भुमी लाभ हुने योग देखिन्छ, झन्झटिला र विवादास्पद कामहरुमा फस्ने सम्भावना रहेको छ । लामो दूरीको यात्रा नगर्दा नै उपयुक्त हुनेछ । स्वास्थमा केही समस्या आउन सक्ने योग रहेको छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते): आजको दिन तपाईको लागि उपयुक्त हुनेछ ।स्वास्थ्यमा सुधार हुनेछ,सत्रुनास हुने तथा पशुहानी हुने योग छ, विद्याप्राप्ती हुनेछ, सोचेका कामहरु सफलताका साथ सम्पन्न गर्न सकिनेछ । नविनतम कामहरुबाट समेत आम्दानी हुने योग रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू): आज भाग्योदयको योग रहेको छ । मिष्ठान्न भोजन मिल्नेछ, विद्या हानीको योग रहेको छ, नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । पशु चौपायाको क्षेत्रबाट भरपुर लाभ लिन सकिनेछ । भूमि र वहानबाट लाभ मिल्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे): शरिर सुखको योग रहेको छ,अरुदिन भन्दा आजको दिन बढी खर्चिलो हुनेछ, कृषि क्षेत्रमा सामान्य योग छ,आकस्मिक रुपमा धन लाभ हुने योग रहेको छ । पराक्रम बढेर जानेछ । दिनको उत्तरार्धमा झन्झटहरु आइलाग्न सक्छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी): विद्याप्राप्ती हुनेछ गरेको काममा फाईदानै मिल्नेछ आजको दिन पराक्रम बढेर जानेछ । साना साना कामहरु गर्नको लागि पनि धेरै बाधा खेप्नुपर्नेछ । सचेतताका साथ काम गर्नुपर्ने हुन्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा): आजको दिन त्यति राम्रो देखिदैन । आजको दिन खर्च बढने छ,पेटमा गढबडी हुने छ, आटे सोचेको कार्यहरु पुरा हुन धेरै बाधा बेहोर्नुपर्ने हुन्छ । मनमा अशान्तिले डेरा जमाउनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची): आजको दिन उपयुक्त रहेको छ ।पतिपत्नीमा भने सामान्य खट्पट् हुने छ,सन्तान देशप्रदेश जाने योग छ, शरिरमा आलस्य बढ्ने छ जुन सुकै काममा सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा इष्टमित्रहरु बाट सहयोग प्राप्त हुने योग रहेको छ ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर