आर्यन र आशाको “अन्तिम भेट”चर्चामा (भिडियोसहित)

काठमाडौं : यतिबेला सामाजिक संजाल टिकटक खोल्ने बित्तिकै एउटा गीत ‘फरयू पेज’मा खुब सुनिन्छ। अर्थात् उक्त गीतमा बनाइएका टिकटक भिडियो एकपछि अर्को गर्दै देखिन्छन् ।

उक्त गीत हो “अन्तिम भेट ”। जुन गीत रिलिज भएको जम्मा २ हप्ता भयो। रिलिज भएको छोटो समयमै गीत यसरी चर्चामा आयो कि सबैको जिब्रोमा झुन्डिन सफल भयो। फेसबुक रिल्स भिडिओ पनि उत्तिकै बनेका छन्। युट्युबमा भ्युजको रफ्तार लोभलाग्दो छ।

Kumar Chaulagain युट्युब च्यानलबाट  रिलिज गरिएको यस् गीतलाई यो समाचार तयार पार्दा सम्म २ लाख बढी भ्युज प्राप्त भएको छ। त्यत्तिकै राम्रो प्रतिक्रिया पनि गीतले पाएको छ। अडियोसँगै भिडियो पनि अत्याधिक मन परेको दर्शकको प्रतिक्रिया युट्युबको कमेम्ट बक्समा भेट्न सकिन्छ।

त्यस्तै, टिकटभरी यसै गीतको साउन्डमा मात्र भिडियो देख्न सकिन्छ । यस् गीतको साउन्डमा निकै टिकटक भिडियो बनिसकेका छन् । गीतका हरेक लाइन स्रोता दर्शकले रुचाएका छन् ।

गायक कुमार चौलागाई र कोपिला तामाङ वाईवाको मनछुने आवाज छ।सम्भु नेपालको मनछुने शब्द अनि संगीत रहेको छ भने नारायण दंगालको एरेन्ज रहेको छ।

गीतको  भिडियोमा लोकप्रिय मोडल आर्यन कार्की , आशा विश्वकर्मा,उमेश कार्की, सदिक्षा सिग्देल, रितिका खड्का, दिपक आले मगर, मनिषा आले मगर लगायत अन्य कलाकारहरु फिचर्ड छन् । उनीहरुको अभिनय भिडियोमा तारिफयोग्य छ।

भिडियोलाई उमेश कार्कीले निर्देशन गरेका हुन् भने भिडियोमा मरुभुमी नारायणको छायांकन अनि रोशन धितालको सम्पादन रहेको छ।

हेर्नुस् भिडियो..

 

प्रतिक्रिया
सम्बन्धित खवर