कवाड व्यवसायीले गरे काठमाडौं महानगरपालिका घेराउ

कवाड व्यवसायी संघर्ष समितिले काठमाडौं महानगरपालिका घेराउ गर्ने भएको छ। काठमाडौं महानगरपालिकाले व्यवसायबाट विस्तापित गराउन खोजेको र दुःख दिएको भन्दै कवाड व्यवसायीहरुले आगामी पुस १४ गते महानगरको कार्यालय घेर्ने बताएका हुन्।

रिपोर्टर्स क्लब नेपालमा बुधबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कवाड व्यवसायी संघर्ष समितिका संयोजक रामकेवल गुप्ताले अब आफूहरु काठमाडौं महानगरविरुद्ध लड्न, भिड्न तयार भएर आन्दोलनमा जान लागेको बताए । उनले काठमाडौंका मेयर बालेन शाहलाई रावणको संज्ञा दिए।

पत्रकार सम्मेलनमा  कवाड व्यवसायी संघर्ष समितिका संयोजक राम केवल गुप्ताले अब आफूहरू काठमाडौं महानगरविरुद्ध आन्दोलनमा जान लागेको जानकारी दिए । । साथै, काठमाडौं महानगर प्रहरीहरूले कवाड व्यवसायीलाई दुःख दिएको, हातपात गरेको, कुटपिट गरेको र गाली बेइज्जती गरेको उनले बताए ।

उनले अदालतले कवाड नहटाउन आदेश दिएपनि महानगरले त्यसको विपरीत काम गरिरहेको उल्लेख गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर