क्रिकेट खेलाडीहरुलाई लन्डनमा अवार्ड

लन्डन । लन्डनस्थित नेपाली व्यवसायीद्वारा सञ्चालित कम्पनी ‘माया सपोर्टेड लिभिङ लिमिटेडले  क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको छ  ।

जस अनुसार वेष्ट फिल्डर अफ द सिजन अवार्ड विशाल बन्जाडे, वेष्ट बलर अफ द सिजन चन्दन रावल, वेष्ट ब्याट्सम्यान अफ द सिजन प्रकाश विष्ट, आउटस्ट्याण्डिङ अफ द सिजन सचिन शर्मा र ट्यालेन्ट अफ द सिजन अवार्ड नवीन तामाङले प्राप्त गरे । ‘सरप्राइज अफ द इयर’ अवार्ड आशिष कुर्मीले पाए ।

माया क्रिकेट अवार्डका लागि नेपाल फुड्स, नेपाली बियर, एचटिआर केयर एण्ड रिक्रुटमेन्ट, ह्याम्सटेड इयर क्लिनिक, क्याटलिष्ट आइटी र किया ओभल स्टेडियमले प्रायोजन गरेका हुन्।

फेब्रुअरी २०१९, २१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले १० वटा शाखा छन् । मायाले लर्निङ डिसेबलिटी, अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ब्रिटिश सरकारको मापदण्ड अनुसार विशेष केयर सेवा प्रदान  गर्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर