ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज (आइतबार) पनि सुन–चाँदीको भाउ घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार दुई सय रूपैयाँ र आइतबार प्रतितोला दुई हजार दुई सय रूपैयाँ गरी यो दुई दिनमा सुनको भाउ प्रतितोला तीन हजार चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर