काठमाडौंले दियो लुम्बिनीलाई १ सय ४ रनको सामान्य लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बुधवारको दोस्रो खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सलाई १ सय ४ रनको सामान्य लक्ष्य दिएको छ ।

आजको खेलमा काठमाडौं गुर्खाज १९.२ ओभरको खेलमा १ सय ३ रन बनाएर अलआउट भएको हो ।

टियु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका थिए । ।

५ खेलमा ४ मा हार र १ मा जित सहित लुम्बिनी अंक तालिकाको पाँचौ स्थानमा छ । मंगलवार भएको पछिल्लो खेलमा चितवन राइनोजमाथि लुम्बिनीले जित हात पारेको थियो ।

लुम्बिनी विराटनगर किंग्स, पोखरा एभेन्जर्स, सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

३ खेलमा २ मा हार र १ मा जितका साथ काठमाडौं तालिकाको छैठौं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित खवर