बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो दिन प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ६५ रूपैयाँ पुगेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर