बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ।

सोमबार प्रतितोला एक हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर