आज २०८१ मंसिर १२ बुधबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)समाजसेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाति रहनेछ । कृषि तथा पशुपालनमा गरीएको लगानीबाट आम्दानी हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग सँगै बसेर समय व्यातित हुनेछ ।

बृष (ई,,,,वा,वी,वू,वे,वो)दाजुभाई तथा छिमेकी सँगको सम्वन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवादमा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ ।

मिथुन (का,की,कू,,,,के,को,हा)माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँनयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । अध्ययन अध्यापनमा अरुलाई पछिपार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)कामगरी अरुलाई प्रभावित पार्न सकिनेछ भने समाजमा मान सम्मानमा बृद्धि भएर जानेछ । अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । विलासी वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)आफ्ना कमजोरिहरु भरसक लुकाउने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । मान तथा सम्मानमा दाग लाग्न सक्छ काम गर्दा ध्यान लिनुहोला । पढाइ लेखाइमा अरुभन्दा पछी परेको भान हुनेछ भने काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुःख दिनेहरु सक्रिय हुनेछन् ।

कन्या (टो,पा,पी,पू,,,,पे,पो)राजनीतिमा लाग्नेहरुले राज्यबाट विषेश सेवा सुबिधा पाप्त गर्न सक्नेछन् । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागी समय राम्रो रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि हुनेछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ । घरमै वसेर अध्ययन गर्नाले पढाइ लेखाइमा भनजस्तो सफलता प्राप्त गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा लगानी गर्दा आउँने दिनमा भनेजस्तो आम्दानी गर्न सकनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुदा मन खुसी रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निविच बिश्वासको बाताबरण बढेर जानेछ । धार्मिक तथा अध्यात्म क्षेत्रमा रुचि बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे)स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । बिद्यामा सफलता पाउँन मिहिनेत गर्नुपर्ला । दिदि बहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पती तथा रुपैया पैसा हराउँन तथा लुटिन सक्छ ध्यान दिनुहोला ।

मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी)मायाप्रेम तथा पति पत्नी विचको सम्वन्धमा विश्वासको वातावरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन वित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछी पारी आफू अगाडी बढ्ने समय रहेको छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)अध्ययनमा समय दिन नसके पनि अतिरिक्त ज्ञान गुनका कुराहरु प्राप्त गर्न सकिने समय रहेकोछ । तपार्ईँको नराम्रो सोच्नेहरु आफै किनारा लाग्नेछन् । सत्रु परास्त हुनेछन् भने ठुला वडाको आशिर्वादले अगाडी बढ्न सहज हुनेछ । परिवारमा मेलमिलावको भाव बढ्नेछ भने एक अर्का विच आत्मियता बृद्धि भएर जानेछ ।

मीन (दी,दू,,,,दे,दो,चा,ची)माया प्रेममा नजिक हुने समय रहेकोछ भने आत्मिय मित्रको साथ रहने हुनाले महत्वपुर्ण उपलव्धी हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपार्ईँको काममा सहयोग हुने हुदा मन प्रशन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलव्धी मुलक कामहरु गर्न सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर