कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ

काठमाडौँ । काठमाडौँको कालिमाटीमा महिलाको शव बोकेर हिँडेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङ घर भएका २२ वर्षीय कविन्द्र बोहरा छन् ।

कालिमाटीको संगितमार्गमा मंसिर ७ मा उदयपुर घर भएकी ४५ वर्षीय जानुका सुर्खेतीको शव भेटिएको थियो । प्रविधिको प्रयोग गरेर अनुसन्धान गर्दा शव बोकेर फालेको देखिएपछि उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

युवकले शव बोकेर फालेको स्वीकार गरेका छन् । मृतक आफूखुसी सडकमा बस्दै आएकी थिइन् । मृतकको सुरुवाल खुला रहेको हुनाले युवकले बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ । तर, चोट नदेखिएको हुनाले हत्या पुष्टि हुनसक्ने प्रमाण फेला नपरेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

सीसीटीभी फुटेजमा देखिएको चप्पल, ट्राउजर र ज्याकेटको हुलिया केन्द्रित भएर अनुसन्धान गरेको प्रहरीले आइतबार मल्ललाई पक्राउ गरेको थियो । पक्राउ परेका मल्लले उक्त फुटेजमा देखिएको व्यक्ति आफू नै भएको प्रहरीसमक्ष बताएका छन् ।आरोपीले हत्या अस्वीकार गरेका छन् ।

शव बोकेर फालेको अवस्थामा पक्राउ परेका युवक भने ६ मंसिरमा मात्रै प्रहरी हिरासत कालिमाटीबाट छुटेको खुलेको छ । चोरी आरोपमा पक्राउ परेर छुटेकै राति उनले ती महिलाको शव बोकेर फालेको देखिएको छ ।

युवक लागु औषध सेवनकर्ता हुन् ।आरोपी विरुद्ध ज्यानसम्बन्धी कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरिले बताएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर