आफ्नै निवासबाट पक्राउ परे दुर्गा प्रसाईं

दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो।  सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले उनलाई  साइबर अपराध गरेको आरोपमा पक्राउ गरेको जानकारी दिए।

‘भर्खरै पक्राउ गरेर व्युरोतर्फ ल्याउँदैछौं । त्यसपछि थप अनुसन्धान गर्छौं,’ उनले  ‘सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि हाम्रो सधैं निगरानी रहन्छ । त्यही क्रममा प्रारम्भिक अध्ययन गरेर नियन्त्रणमा लिएका हौं ।’

उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ ।

प्रतिक्रिया
सम्बन्धित खवर