ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

नेपाली बजारमा आज (मंगलबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।

सोमबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।

चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर