पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज (सोमबार)राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।

आइतबार दिवंगत भएका उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिएका हुन् । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।

कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो ।

उनको पार्थिव शरीलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित खवर