आज २०८१ कात्तिक २८ गते बुधवारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आफन्त जन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । ब्यापार ब्याबसायबाट मनग्गे आम्दानि हुनेछ । तरल पदार्थ जस्तै हाईड्रो, पानि जस्ता उद्योग ब्याबसायमा लगानि गर्दा उचित प्रतिफल पाईनेछ ।

बृष (ई,,,,वा,वी,वू,वे,वो)

व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानि थोरैनै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला ।

मिथुन (का,की,कू,,,,के,को,हा)

आफुसँग भएका स्रोत साधनहरुलाई सहि रुपमा परिचालन गरि आम्दानि बढाउन सकिनेछ । पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

पढार्ई लेखाईमा ध्यान केन्द्रित हुनेछ भने मेहनेत गर्दा महत्वपुर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद पाप्तिको गतिलो योग रहेकोछ । नयाँ काम पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुनेछ

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

सरकारि तथा प्रशासनिक क्षेत्रमा तपाईको बलियो पकड रहने हुनालेकामहरु सजिलै सम्पादन हुँनेछन् । राज्यबाट पाउँने सेवा सुबिधा पाईनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

कन्या (टो,पा,पी,पू,,,,पे,पो)

काम गर्दा ख्याल गर्नुहोला शुरु गरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानि गरे पनि आम्दानि नहुने हुनाले दैनिक गुजार ऋणलिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथिको सहयोग नपाउदा कामहरु थाति रहनेछन् । \

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

शुभचिन्तक तथा आफन्तको सुझाबलाई मनन गरि काम गर्दा गन्तब्य पहिल्याउन सहज हुनेछ । साझेदारहरु मिलेर गरिने कुनैपनि व्यापार व्यावसाय फस्टाएर जानेछ भने मनग्गे रुपैया पैसा कमाउन सकिनेछ । भौतिक सम्पति तथा विलाशि वस्तुको प्रयोग मार्फत भनजस्तो आम्दानि गर्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई परास्त गर्दै नतिजा आफुतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा सत्रुबाट छुटकरा पाउने समय रहेकोछ । राजनिति गर्नेहरुले सहकर्मिहरुलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् ।

धनु (ये,यो,भा,भी,भू,,फा,ढा,भे)

अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुने हुँदा आफुले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा मन नजादा पुरस्कार तथा प्रशंसा पत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ ।

मीन (दी,दू,,,,दे,दो,चा,ची)

समाजमा बोलिको प्रभाव बढ्ने हुनालेबोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर