मनाङेलाई आजै अदालत उपस्थित गराएर कारागार चलान गरिने

गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) लाई आजै जेल चलान गरिने भएको छ ।

 

काठमाडौंको सानोभर्‍याङबाट मंगलबार बिहान पक्राउ परेका पूर्वमन्त्री मनाङेलाई अदालतमा उपस्थित गराएर जेल चलान गरिने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख एआईजी दीपक थापाले जानकारी दिए । फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएपछि मनाङेलाई सिधै जेल चलान गरिने एआईजी थापाले बताए ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर