रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई आइतबार जिल्ला अदालत कास्कीले थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछाने माथि तेस्रो पटक थपिएको म्याद आज सकिएको थियो । आजै उनलाई अदालत उपस्थित गराइएको थियो ।

न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर