यू–१९ महिला विश्वकप छनौट : कुवेतविरुद्ध नेपालको सानदार जित

युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले बिहीबार कुवेतलाई १०८ रनले पराजित गरेको छ ।

छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले पराजित गरेको थियो । लगातार दुई जितबाट नेपालले ४ अंक जोडेको छ ।

दुबईस्थित दि सेभेन्स स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३० रन बनाएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत नेपाली बलिङ सामु टिक्न सकेन र १३ ओभरमा सबै विकेट गुमाएर २२ रनमै अलआउट भयो ।

नेपालकी सिमना केसी र रचनाकुमारी चौधरीले २/२ पूजा महतो,कृष्ण गुरुङ, मनिषा कुमारी उपाध्यायले एक-एक विकेट खसाले। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालका लागि पूजा महतोले सर्वाधिक ३४ रनको योगदान गरिन्। साना प्रविनले २५ र ज्योत्सनिका मरासिनीले २३ रन जोडिन्।

प्रतिक्रिया
सम्बन्धित खवर