बालुवाटार घेर्न पुगेका रास्वपाका ५१ कार्यकर्ता पक्राउ

बालुवाटार घेराउ गर्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका ५१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न भन्दै बालुवाटार पुगेका सांसद अशोक चौधरीसहित ५१ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका प्रहरी कार्यलयका प्रहरी वरिष्ठ उपरिक्षक विनोद घिमिरेले जानकारी दिए।

पक्राउ पर्नेमा एक महिलासमेत रहेको प्रहरीले जनाएको छ। निषेधित क्षेत्र तोड्न खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो। पक्राउ परेकाहरुलाई काठमाडौँका विभिन्न प्रहरी कार्यलयमा राखिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर