काठमाडौंबाट दिल्ली फर्किन लागेको एयर इन्डियाको विमानमा बम रहेको हल्लापछि, प्रहरीले थाल्यो चेकजाँच

काठमाडौंबाट भारतको नयाँदिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखेको अज्ञात समूहले सूचना दिएपछि चेकजाँच सुरु भएको छ ।

दिल्ली उडान गर्न लागेको एयर इन्डियाको जहाजमा भारतबाट अज्ञात समूहले बम राखेको सूचना दिएको हो ।  विमानमा बमको हल्ला भएपछि सुरक्षा निकायले चेकजाँच गरिहेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।

सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी, नेपाली सेनाले सुरक्षा जाँच गरिरहेको निरौलाले जनाए ।

प्रतिक्रिया
सम्बन्धित खवर