साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा श्रीलंका अघि

काठमाडौं । महिला साफ च्याम्पियसिप २०२४ अन्तर्गत माल्दिभ्सविरुद्ध श्रीलंकाले सुरुआती अग्रता बनाएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा श्रीलंकाले १–० को अग्रता बनाएको हो।

खेलको १७औं मिनेटमा इमेशा अनुराधिनीको गोलमार्फत श्रीलंकाले अग्रता लिएको हो। पिएम परेराको सुन्दर क्रसमा बक्सभित्र कुनै पनि निगरानीमा नरहेकी इमेशाले फ्रि हेडर गोल गरिन्।

समूह ए मा रहेको दुई टोलीले एक अर्कोमाथि जीत हासिल गर्ने योजनमा रहेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर