दशैँ मनाएर शहर फर्किदै मान्छेहरु, काठमाडौंमा बढ्यो चहलपहल

काठमाडौं : दशैँ मनाउन गाउँ गएका फर्किने क्रम बढेको छ। नेपालीहरुको महान चाड वडा दशैँ मनाउन काठमाडौं उपत्यका बाहिर गएकाहरु फर्कन थालेपछि काठमाडौँ भित्रिने नाकामा भीड देखिएको छ।

काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा सवारी साधनको लामो लाइन छ। दशैँको नवमी र दशमीका दिन काठमाडौं उपत्यकामा यातायात सुनसान जस्तै भए पनि विस्तारै गाउँ गएकाहरु उपत्यका नै फर्किन क्रम बढेसँगै सडकमा चहलपहल बढेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर