बजार अनुगमनका क्रममा अभद्र व्यवहार गर्नेमाथी कारवाही हुने

सोमबार नियमनकारी निकायले गरेका निर्णयहरुमा अनिवार्य रुपले मूल्य सूची राख्नुपर्नेे, अनुगमनमा अनिवार्य रुपले सहयोग गर्नुपर्ने, अनुगमनमा असहयोग गरेका व्यवसायीलाई नियम वमोजिम कारवाही गर्ने, सम्पूर्ण व्यवसायीले कारोबारको बिलबीजक अनिवार्य रुपले राख्नुपर्ने, विकास समितिको परिसर भित्रको सरसफाईमा विशेष ध्यान दिनेलगायत रहेका छन् ।
आइतबार मन्त्री भण्डारीले गरेको छड्के अनुगमनका क्रममा माछा पसल र तरकारी पसलमा सरसफाइ नगरेको भेटिएको थियो भने अस्वभावीक मुल्यबृद्धि गरेको पाइएको थियो ।
मन्त्री भण्डारीले कालोबजारी र अस्वभावीक मुल्यबृद्धि गर्ने व्यवसायीलाई तत्काल कारवाही गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् । उनले बजार पारदर्शी बनाउन कुनै कसर बाँकी नराखिने बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर