बसन्त शाहिको”छुट्नै भो गाह्रो”आउँदै

काठमाडौं : त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।

यसैबीच, कान र आँखालाई आनन्द दिने पछिल्लो समय धेरैको मन मुटुमा बसेका चर्चित गायक बसन्त शाहि ,प्रिया सेन्चुरी र  जीवन गडाइलीको स्वर रहेको  नयाँ गीत “छुट्नै भो गाह्रो” रिलिज हुँदैछ। प्रेमिला शब्दहरुले भरिएको गीतमा अशोक कुमार सापकोटाको शब्द अनि वसन्त शाहीको संगीत रहेको छ।

यस अघि पनि धेरै गित संगित बजारमा ल्याएका शाहीको पछ्यौरी तानेर, लेकको चरी, त्रिसुली बजार, माया धेरैहोस्, खोली बगर, लेकै गुँरास बेसीमा टुनी लगायत गितहरुले दर्शकको मन जित्न सफल भएका छन् ।ओके टिभि नेपाल सँगको कुराकानीमा अब आउने यो गित“छुट्नै भो गाह्रो”ले पनि दर्शक श्रोताको मन जित्नेमा  विश्वस्त रहेको शाहीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर