सिन्धुपाल्चोकको भोटेकोशीमा गाडी खस्यो क्रेनमा झुण्डिएर थालियो खोजी

सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीमा गाडी खसेको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ स्थित भोटेकोशी नदीमा गाडी खसेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काका अनुसार अहिले नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले क्रेनको सहायताले गाडी नदीबाट निकाल्ने प्रयास भइरहेको बताए

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईका अनुसार बोलेरो गाडी खसेको अनुमान छ।

स्थानीयले दुई वटा टायर देखेको भनेर खबर गरेपछि प्रहरी घटनास्थलमा खटिएका छन्।

‘टायर देखिएको भनेर खबर आएपछि सुरक्षाकर्मीहरूले खोजी थालेका छन्,’ डिएसपी भट्टराईले भने, ‘भारी वर्षाका कारणले भोटेकोशीको बहाव एकदमै बढेको छ।’

बोलेरो गाडी कहिले र कुन समयमा खस्यो भन्ने यकिन भइसकेको छैन । कार्यालयका अनुसार नजिकैको हाइड्रोपावरको क्रेन मगाएर उद्धार भइरहेको छ । थप विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित खवर