यातायात व्यवसायीहरुले लगाए पुर्व अरनिको यातायात कार्यालयमा ताला

काठमाडौ – यातायात व्यवसायीहरुले आज मंगलबार पुर्व अरनिको यातायात प्रा.लि. को कार्यालयमा ताला लगाएका छन्।

२०२९ सालको विद्यानलाई टेकेर गरेको संस्थाको चुनाब २०८१/५/१५ हुन पर्ने किन गरिएन,  प्रा.लि.ले गरेको निर्णय २००९ मोडेल बस हटाउने निर्णय खारेज गर्नु पर्ने, प्रा.लि.को नियम बिपरित २१ जनाको कार्यसमिति किन गठन गरेको,  चालक सहचाल को सुरक्षाको जिम्मा प्रा.लि.ले किन नलिएको, भन्ने लगायत विभिन्न माग हरू राख्दै पुर्ब अरनिको यातायात प्रा.लि.को कार्यालय लोकन्थलीमा १२ बुँधे माग राख्दै पुर्ब अरनिको कोषाध्यक्ष राजु पौडेल र कार्यालय प्रमुख चमन गुरूङ राई लाई आइतबारनेपाल यातायात स्वतन्त्र मज्दुर संगठन अरनिको रुट बस ईकाई र अखिल नेपाल यातायात मजदुर संघ अरनिको विशेष जिल्ला  समितिले पनि ध्यानाकर्षण गरेको थियो।

पूर्व अरनिको यातायात प्रा.लि.का अध्यक्ष केदार क्षेत्री वार्तामा बस्न नमानेको भन्दै यातायात व्यवसायीहरुले आज मंगलबार पुर्व अरनिको यातायात प्रा.लि. को कार्यालयमा ताला लगाएका हुन् ।

उक्त कार्यक्रममा बोल्दै नेपाल यातायात स्वतन्त्र मजदुर संघगठनका सचिव दिनेश भारतिले वार्तामा बस्न नमाने सम्पूर्ण बसहरू र मजदुररू लिएर सडकमा उत्रिने चेतावनी समेत दिनु भएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर