प्रकाश तामाङले बालुवाटार पुगेर भेटे प्रधानमन्त्री, देखाए नागरिकता

काठमाडौँ । प्रकाश तामाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उनले ओलीलाई भेटेका हुन्।

‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो,’ प्रधामन्त्री ओलीले सोमबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो। शुभ रात्रि!’

प्रधानमन्त्री ओलीले प्रकाशलाई भेट्न काठमाडौँ बोलाएपछि उनी भोजपुरबाट काठमाडौँ आएका हुन्।

‘हेर्ने कथा’ नामक युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा सार्वजनिक भएपछि उनी चर्चामा आएका थिए। प्रकाशको कथाव्यथा सार्वजनिक भएपछि ओलीले निवर्तमान गृह सचिव एवं हालका मुख्य सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता दिलाउन आवश्यक पहल गर्न निर्देशन दिएका थिए।

प्रकाशले गएको आइतबार भोजपुरस्थित आफ्नै घरमा नागरिकता पाएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर