बलेफी- खाडिचौर स्थित श्री बालशिक्षा मा.बि ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० तथा कक्षा -१२ उत्तीर्ण बिद्यार्थीहरुलाई बधाई तथा सम्मान गरेकाे छ।शुक्रबार बालशिक्षा मा.बिमा आयोजित भव्य कार्यक्रमका बिच स्कुलले विद्यार्थीहरुलाई शुभकामना एवं सम्मान गरेको हो ।
बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङकाे प्रमुख आतिथ्यतामा र बलेफि गाउँपालिका पुर्ब अध्यक्ष केदार क्षेत्रीकाे विशेष आतिथ्यतामा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो।

कार्यक्रममा बलेफि–७ का अध्यक्ष गृविन्द्र कुमार चाैलागाई ,शिक्षा शाखा प्रमुख सल बहादुर पाण्डे लगायत बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक , शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेकाे थियोे ।
कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीहरुलाई बधाई दिँदै सुखद भविष्यको कामना सहित बलेफिको शिक्षा सुधारमा हरपल लागि रहने समेत बताउनु भएको छ।









