साफ यु-२० : बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेतामा सिमित

काठमाडौं । साफ यु-२० च्याम्पियनसिपको फाइनमा बंगलादेशसँग पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न फाइनल खेलमा नेपाल ४-१ गोलले पराजित भएको हो।

बंगलादेशको जितमा मिलजुल इस्लामले दुई, मोहम्मद रब्बी हुसेन र नाेभाले एक गोल गरे। यता नेपालका लागि समीर तामाङले गरेकाे गाेल सान्त्वना बन्याे।

पहिलो हाफमा १-० को अग्रता बनाएको बंगलादेशले दोस्रो हाफमा थप तीन गोल गर्न सफल भयो।

मिलजुलले पहिलो हाफको अन्त्यमा फ्रि-किक मार्फत गोल गर्दै सुरुआती अग्रता दिलाए।

खेलको ५५औं मिलजुल इस्लामले गोल गर्दै खेलमा २-० को अग्रता दिलाए।

७१औं मिनेटमा मिलजुलको पासमा रब्बी हुसेनले गोल गर्दै बंगलादेशलाई ३-० को अग्रता दिलाए।

त्यसपछि खेलको ८१औं मिनेटमा समीर तामाङले गोल गर्दै खेल ३-१ को अबस्थामा ल्याए। तर, इन्जुरी समयमा बंगलादेशका लागि नाेभाले गाेल गर्दै ४-१ काे जित दिलाउँदै बंगलादेश च्याम्पियन बन्यो।

पराजयसँगै नेपालको घरेलु मैदानमा च्याम्पियन बन्ने सपना अधुरै रह्यो।

प्रतिक्रिया
सम्बन्धित खवर