सिर्सिया सुक्खा बन्दरगाह भन्सारको राजस्व संकलन एक महिनामा ३ अर्ब ७५ करोड

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको साउनमा तीन अर्ब ७५ करोड राजस्व संकलन गरेको छ ।

भन्सार विभागले कार्यालयलाई चालु आवको साउनमा चार अर्ब ७३ करोड ३१ लाख ४५ हजार राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले सो अवधिमा लक्ष्यको ७९ दशमलव २८ प्रतिशत अर्थात् तीन अर्ब ७५ करोड २२ लाख ११ हजार राजस्व संकलन गरेको जनाएको छ ।

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालु आवको पहिलो महिनामा राजस्व संकलन उत्साहजनक देखिएको दाबी गरे । “चालु आवको साउनमा राजस्व सङ्कलनमा औसतमा उत्साहजनक देखिएको छ ।

भन्सार विभागले कार्यालयलाई गत आवको साउनमा चार अर्ब २४ करोड ६३ लाख ३५ हजार लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९६ दशमलव ०१ प्रतिशत अर्थात् रु चार अर्ब सात करोड ६९ लाख ९५ हजार राजस्व संकलन गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर