नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको मूल्य बढेको छ।
शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेकोे सुनको भाउ आज प्रतितोला एक हजार रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय ५० रूपैयाँमा काराबोर भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय १३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।





