मर्स्याङ्दी नदीमा खसेको बसबाट २९ जनाको उद्धार, ११ जनाको खोजी हुँदै

तनुहँको आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा बस खसेर भएको दुर्घटनामा सुरक्षाकर्मीले तीव्र रूपमा उद्धार गरिरहेको छ।

ऐनापहरामा भएको बस दुर्घटनामा सशस्त्र प्रहरी बल नेपाल विपद व्‍यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा ४५ जनाको फौजले तीव्र  रूपमा उद्दार गरिरहेको हो। त्यस्तै, गोताखोरसहितको टोलीसमेत खोजी र उद्धार कार्यमा पुगिसकेको छ।

तनहुँ प्रहरीका प्रवक्ता डिएसपी दीपककुमार रायकाअनुसार उद्धार गरिएका १४ जना घाइते अचेत अवस्थामा छन् भने १५ जना होसमा रहेका छन् । उनीहरूलाई खोलाबाट माथि ल्याउने काम भइरहेको उनले बताए ।

बाँकी ११ जनाको खोजी कार्य भइरहेको रायले जानकारी दिए ।

ऐना पहराबाट शुक्रबार यात्रु बाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो । बसमा ४० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिक मर्स्याङ्दी नदीमा खसेको हो।

प्रतिक्रिया
सम्बन्धित खवर