सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना ,सावधानी अपनाउन आग्रह

काठमाडौं । सातवटै प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा बिहान मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको हो । बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बहने बबई र यसका सहायक नदीहरूमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित खवर