परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

पाँचदिने भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र उनका भारतीय समकक्षी एस जयशंकरबीच सोमबार भेटवार्ता भएको छ ।

आइतबार भारत भ्रमणमा गएकी परराष्ट्रमन्त्री राणा र विदेशमन्त्री जयशंकरबीच सोमबार दिल्लीमा द्विपक्षीय वार्ता भएको हो । भारतीय विदेशमन्त्री जयशंकरले भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्दै परराष्ट्रमन्त्री राणालाई दिल्लीमा स्वागत गरेको उल्लेख गरेका छन् ।

परराष्ट्रमन्त्री राणाले सोमबारै भारतीय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गर्नेछिन् ।

प्रतिक्रिया
सम्बन्धित खवर