काभ्रेका स्पाइनल पिडित श्रेष्ठलाई हाम्रो जन्मभूमी सामाजिक संस्थाद्वारा आर्थिक सहयोग

हाम्रो जन्मभूमी सामाजिक संस्थाले ६५ औ सामाजिक कार्यक्रम सम्पन्न गरेको छ । काभ्रेपलान्चोक जिल्ला बेथानचोक गाउँपालिका वडा नं-४ डाडागाउँ गणेशस्थान स्थाइ बसोबास गर्नु हुने प्रेम प्रसाद श्रेष्ठका छोरा बर्ष ३८ को  स्पाइनल पिडित हेमराज श्रेष्ठलाई  रु.१,०९,१०५।(एक लाख नौ हजार एक सय पाँच रुपैया) आर्थिक सहयोग गरि संस्थाले ६५ औ सामाजिक कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष गिता श्रेष्ठ को  संयोजकत्वमा आयोजित कार्यक्रममा उपाध्यक्ष नारायण  श्रेष्ठ  ,सचिव सुमन कुमार श्रेष्ठ , कोषाध्यक्ष रिता देउजा थापा, केन्द्रीय सदस्यहरु अम्बर बहादुर राई (राईकान्छा), प्रमिला बस्नेत थापा,हेम बहादुर अधिकारी , आजिवन सदस्यहरु, विरामीका अभिभावकहरु लगायत समाजसेवी  सहयोगी  मनहरुको उपस्थितिमा  रहेको थियो।

स्पाइनल पिडित हेमराज श्रेष्ठलाई स्वास्थ्य लाभको कामना गर्दै सहयोग गर्नुहुने सबैलाई संस्थाको तर्फबाट आभार र सहयोग गर्न पाउँदा खुसी भएको समेत बताउनुभएको थियो ।हाम्रो जन्मभूमी सामाजिक संथाले यस अघिपनी विभिन्न सामाजिक तथा सेवामुलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर