यी स्थानमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं : देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ। बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ। महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको  सम्भावना छ।

प्रतिक्रिया
सम्बन्धित खवर