प्रधानमन्त्री ओली र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्ड बर्माबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा दुई पक्षीय सम्बन्धको विषयमा छलफल भएको बताइएको छ । बर्मा आजै काठमाडौँ आइपुगेका हुन् ।

व्यवस्थापन तथा स्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्डले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका उच्च नेतृत्व, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू तथा नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर