गठ्ठाघर दुर्घटनामा मृत्यु भएका पुरुषको सनाखत

गठ्ठाघर दुर्घटनामा मृत्यु भएका उत्तम कोइराला सहिद महेश कोइरालाका भाइ भएको खुलेको छ । ओखलढुंगाको चिंखुगढी छहरेका उत्तम कोइरालाका दाजु महेश कोइराला २०३१ सालमा कांग्रेसले थालेको सशस्त्र आन्दोलनका क्रममा राज्य पक्षबाट मारिएका थिए ।

नेपाली कांग्रेसको इतिहासमा टिम्मुरबोटे काण्डका रुपमा चिनिने त्यो घटनालाई नेपालको इतिहासमा भने ओखलढुंगा काण्ड भनेर चिनिन्छ ।  राति गुफामा बास बसेको कांग्रेसको मुक्ति सेनालाई घेरा हालेर मारिएको थियो ।

त्यसबेला मारिएका सहिद परिवारका सदस्यका भाइ उत्तम कोइरालालाई गठ्ठाघरमा ट्रकले ठक्कर दिँदा बिहीबार घटनास्थलमै मृत्यु भएको थियो ।

उनको शव शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ । मृतकका आफन्तले दुर्घटनाको छानबिनका लागि समिति नबन्दासम्म शव नबुझ्ने अडान लिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर