गठ्ठाघर दुर्घटनाका ट्रक चालक पक्राउ

काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा दुर्घटना गराउने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकका चालक सर्लाहीको मलंगवा घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए ।

दुर्घटना भएको बा.४९ प ८९४४ नम्बरको स्कुटर प्रहरी वृत्त थिमीमा राखिएको छ । ट्रक सशस्त्र प्रहरी गण नम्बर–२ महराजगञ्जमा राखिएको छ ।

दिउँसो १:४० बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो। घटनास्थलबाट शव पोष्टमर्टमको लागि महाराजगस्‍थित शिक्षण अस्पताल लगिएको छ। दुर्घटना भएपछि गठ्ठाघर दिनभरजसो तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका थिए भने प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

बिहीबार दिउँसो कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर