सुनको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ।

बुधबार तोलामा एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २४ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर