अध्यक्ष प्रचण्डसँग अस्ट्रेलियन राजदूत भोल्कको बिदाइ भेट

नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बिदाइ भेट गरेकी छन् । प्रचण्ड निवास खुमलटार पुगेर राजदूत भोल्क भेटवार्ता गरेकी हुन् ।

भेटमा भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्‍याउन सफलता मिलेकोमा बधाई दिँदै नेपालको अन्तर्राष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल सफल र उत्कृष्ट भएको बताएकी प्रचण्डको सचिवालयले जनाएको छ ।

सो क्रममा प्रचण्डले नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा सफलताको शुभकामना दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर